नेपालमा पहिलो पटक विकिक्याम्पको सम्मेलन

नेपालमा पहिलो पटक विकिक्याम्पको सम्मेलन

विराटनगर, ११ मंसिर । एक विश्व स्वतन्त्र विश्वकोस अर्थात विकिक्याम्पको सम्मेलन पहिलो पटक लहानमा सम्पन्न भएको छ । मिथिला विकिक्याम्पले आयोजना गरेको सम्मेलनमा अन्तरा्िष्ट्रय विकिक्यम्प २०१८ लाहानको सिमरिक होटलमा सम्पन्न भएको छ । गत मंसिर ६ गते देखि ८ गते सम्म आयोजना गरिएको कार्यक्रममा अन्र्तराष्ट्रिय देशहरुको समेत भेला भएको थियो । सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशबाट गरी ४२ जना विकिपिडियनहरूको सहभागिता रहेको थियो । नेपालमा बोलिने नेपाली, मैथिली, भोजपुरी, नेवारी,संस्कृत, डोटेली र सन्ताली भाषाहरूको विकिपिडिया समुदायबाट सहभागीहरूलाई खुला अनलाइन छात्रवृतिको प्रक्रियाद्वारा चयन गरी सहभागिता गराइएको हो । नेपालका विभिन्न भाषामा रहेको विकिपिडियालाई कसरी नेपालमा बढी भन्दा बढी व्यक्तिको विचमा पुर्याउने तथा नयाँ तथा पुरानो विकिपिडियनहरूलाई एक थलोमा जम्मा गर्ने उद्देश्यले यस सम्मेलनको आयोजना गरिएको विप्लव आनन्दले जानकारी दिए । सम्मेलनमा विराटनगरबाट प्रेम पारखले प्रतिनिधीत्व गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्