सरकारले मजदुरलाई पेन्सन दिने घोषणा गरे लगत्तै विराटनगरमा दिपावली (भिडियो सहित)

सरकारले मजदुरलाई पेन्सन दिने घोषणा गरे लगत्तै विराटनगरमा दिपावली (भिडियो सहित)

विराटनगर, ११ मंसिर । विराटनगरमा पनि सामाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।  कार्यक्रम संयुक्त ड्रेड युनियनको अगुवाईमा सोमबार विराटनगरमा ¥याली निकालिएको हो । विभिन्न मजदुर संगठनहरुले समुन्नत वर्तमान र सुरक्षित भविष्यका लागी सामाजिक सुरक्षा, असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगारका नारा लेखिएका प्ले कार्ड बोकेर ¥यालीमा सहभागीता जनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा श्रमिकले पेन्सन पाउने भनी घोषणा गरे लगतै खुसी देखिएका मजदुरहरुले आज साँझ बिराटनरमा दिन प्रज्वलन गरेका छन् । मजदुरका बिभिन्न पेशागत संगठन तथा मजदुरहरुले बिराटनगरमा दिपावली गरेका हुन । विराटनगरको ट्राफिक चोकमा बिभिन्न स्थानबाट आएका मजदुरहरुले सरकारले घोषणा गरेको अभियानको स्वागत गरे ।

https://www.facebook.com/ourbrt/videos/2184442601808279/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्