भोजपुर, ओखलढुंगा, सुनसरी र झापाले धनकुटामा जारी प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिताको सेमिफाइनलमा

 भोजपुर, ओखलढुंगा, सुनसरी र झापाले  धनकुटामा जारी प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिताको सेमिफाइनलमा

धनकुटा, ११ मङ्सिर ।  भोजपुर, ओखलढुंगा, सुनसरी र झापाले मंगलबार क्वार्टरफाइनलमा सफलता हासिल गर्दै मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा धनकुटामा जारी प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगितामाको सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

घनकुटाको टुँडिखेलमा जारी प्रतियोगिताको अन्तिम आठअन्तर्गत मंगलबार भोजपुरले संखुवासभालाई चार सेटसम्म प्रतिस्पर्धा गर्दै २५—२३,२ ३—२५,२ ५—१८, २५—१८ को नतिजामा हराउँदा सुनसरीले खोटाङलाई २५—१६, २५—२१, २५—२० को सोझो सेटमा पराजित गर्यो । त्यस्तै ओखलढुंगाले तेह्रथुमलाई २५—१५, २६—२४, २५—१३ को सोझो सेटमा निराश पार्दा झापाले चार सेटसम्म संघर्ष गर्दै ताप्लेजुङमाथि २२—२५, २५—१५, २५—१७, २५—१६ को विजयी नतिजा निकाल्यो । बुधबार हुने सेमिफाइनलमा भोजपुरले झापा तथा सुनसरीले ओखलढुंगासँग प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । परिषदले जनाएअनुसार बिहीबारसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाउनेछ भने उपविजेताले १ लाख, १ हजार, १ सय ११ तथा तेस्रो हुनेले ५१ हजार १ सय ११ रुपैयाँ पाउनेछन् । प्रतियोगितामा प्रदेश नम्वर १ का १४ वटा टीमको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्