संखुवासभाको चैनपुरमा रहेको सिद्धकाली मन्दिरमा दर्शनार्थीको घुँइचाे

संखुवासभाको चैनपुरमा रहेको सिद्धकाली मन्दिरमा दर्शनार्थीको घुँइचाे

ध्यान कुलुङ। 

संखुवासभा,११ मङ्सिर । संखुवासभाको चैनपुरमा रहेको सिद्धकाली मन्दिर बारे धेरैलाई जानकारी छैन् । पौराणिक कालमा सतिदेवीको दाहिने आँखा पतन भएको मानिने यो स्थानमा दर्शनार्थीको घुँइचो बढ्न थालेको छ । चैनपुर नगरपालिकाले पनि धार्मिक पर्यटन विकासका मन्दिरलाई आकर्षक बनाउन थालेको छ ।

यो सिद्धकाली मन्दिर हो । संखुवासभा चैनपुर नगरपालिकाले मन्दिरको प्रचारका लागि धार्मिक मेलासम्म आयोजना गर्ने भएको छ । धार्मिक पर्यटन मार्फत स्थानीय तहको विकासमा सिद्धकाली मन्दिर महत्वपूर्ण हुने नगरपालिकाको निष्कर्ष छ । केही बर्ष अघिसम्म धेरैलाई जानकारी नै नभएको यो मन्दिरको व्यवस्थापनमा ध्यान दिन थालेपछि पछिल्लो समय दर्शनार्थी बढ्न थालेका छन् ।

अहिले विहानैदेखि साँझसम्म भक्तजन आउने गरेका छन् । पछिल्लो समय सङ्खुवासभा भन्दा बाहिरका जिल्लाबाट समेत भक्तजन देवीको दर्शन गर्न आउने गरेका छन् । मन्दिर क्षेत्रमा भेटिएका दर्शनार्थी पनि मनको कामना पुरा हुने विश्वासले दर्शन गर्न आउने गरेको बताउँछन् ।

सिद्धकाली मन्दिर चैनपुरको मात्र नभएर प्रदेश एककै धार्मिक पर्यटनको गन्तव्य बन्न सक्ने स्थानीय बताउँछन् । त्यसका लागि आफू सक्रिय रहेको चैनपुर नगरपालिकाका प्रमुख भरत खत्री बताउँछन् । यसका लागि मन्दिर क्षेत्रको तारवार र रेलिङ लगाउने काम सम्पन्न भएको छ । नगरपालिका र दात्री निकायको संयुक्त प्रयासमा भक्तजनका लागि आवास गृह समेत बनाइएको छ ।

सिद्धकाली मन्दिरमा बर्षेनी बाला चुतुर्दशीको अवसरमा धार्मिक मेला लाग्दै आएको छ । पौराणीक महत्व र ठूलो शक्तिपीठको रुपमा सिद्धकाली देवी स्थापित रहेपनि प्रचार प्रसारको कमि देखिएको छ । यहाँ मंसिर २२ गते मुक्तिनाथबाट ल्याईएको आँखाको प्रतिमा पनि प्रतिष्थापन गरिने तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्