पर्यटक आकर्षित गर्न धनकुटामा जलविहार

<span class='c1'>पर्यटक आकर्षित गर्न</span> <span class='c2'>धनकुटामा जलविहार</span>

धनकुटा,१२ मङ्सिर । धनकुटाको पाख्रिबास नगरपालिकामा पर्यटक आकर्षित गर्न बोटिङ (जलविहार) सेवा शुरू गरिएको छ । नगरपालिका–४ स्थित तालमा सोमवारदेखि उक्त सेवा शुरू गरिएको हो ।चियाबारीसँगै करीब २५ रोपनी क्षेत्रमा निर्मित दुईओटा तालमा संसारी माईपूजा सिमसार समितिले स्थानीय जनताको २ लाख ६० हजार लागतमा जलविहार सेवा शुरू गरेको छ । जलविहार सेवाको प्रदेश–१ की सांसद कुसुमकुमारी श्रेष्ठ र पाख्रिबास नगरपालिका प्रमुख बृखबहादुर राईले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । २०६९ सालमा निर्मित उक्त वनभोजस्थल निर्माणका लागि हालसम्म नेपाल सरकारको कुल ७६ लाख ७८ हजार खर्च भएको समितिका अध्यक्ष ज्ञानबहादुर गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्