पथरीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पथरीमा  टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी, मंसिर १२ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।  टिपरलाई नियन्त्रणमा लिइए पनि चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्