विवेकशील साझाले निर्मला हत्याकाण्डमा प्रमाण नष्ट गर्ने प्रहरीलाई पक्राउ गर्न माग

विवेकशील साझाले निर्मला हत्याकाण्डमा प्रमाण नष्ट गर्ने प्रहरीलाई पक्राउ गर्न माग

काठमाडौं मङ्सिर १२ । विवेकशील साझा पार्टीले निर्मला हत्याकाण्डमा प्रमाण नष्ट गर्ने कार्यमा संलग्न प्रहरीलाई पक्राउ गरि मुलुकी ऐनको व्यवस्था बमोजिम मुद्दा चलाउन माग गरेको छ ।  पार्टी प्रवक्ता रमेश पौड्यालले एक विज्ञप्ति जारी गर्दै प्रमाण नष्ट गर्ने कार्यमा संलग्न प्रहरीलाई प्रमाण नष्ट गरेको अभियोगमा तत्काल मुद्दा दायर गर्न माग गरेको हो । 

विज्ञप्तिमा भनिएको छ,‘‘प्रमाण नष्ट गर्न संलग्न अधिकृत तथा विभिन्न दर्जाका प्रहरीहरुमध्ये केहीलाई बर्खास्त गरेको तथा बाँकीलाई विभागीय कारवाही गरेर मात्रै सरकारको कर्तव्य पूरा हुँदैन । निजहरुलाई मुलुकी ऐनको व्यवस्था बमोजिम प्रमाण नष्ट गरेको अभियोगमा तत्काल मुद्दा दायर गर्नको लागि हामी जोडदार माग गर्दछौं ।’’

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला प्रकरणमा दोषी पक्रन बाह्र वर्ष लाग्न सक्ने’ बताएको र गृहमन्त्रीले ‘पुँजीवादका कारण बलात्कार बढेको’ उल्लेख गरेको विषयलाई विवेकशीलले अकर्मण्यताको संज्ञा दिएको छ ।  ४ महिना बित्दासमेत हत्याराहरुको पहिचान नभएको भन्दै सुरुदेखि नै सरकारी निकाय, त्यसमा पनि नेपाल प्रहरीको भूमिका अपरिपक्व एवम् विवादास्पद रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्