‘प्रचण्ड’ माथि ‘खुकुरी आक्रमण’ भन्ने गलत समाचार लेख्ने अनलाइनका सम्पादक समातिए

<span class='c1'>‘प्रचण्ड’ माथि ‘खुकुरी आक्रमण’ भन्ने गलत</span> <span class='c2'>समाचार लेख्ने अनलाइनका सम्पादक समातिए</span>

काठमाडौं मङ्सिर १२ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि ‘खुकुरी आक्रमण’ भएको भन्दै भ्रमपूर्ण समाचार प्रकाशित गर्ने ‘सम्पादक’ गोपाल चन्द पक्राउ परेका छन् ।

पोष्टपाटी डटकम नामक अनलाइनका सम्पादक रहेका चन्दलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धीरज प्रताप सिंहले जानकारी दिए ।

मंसिर ६ गते प्रचण्ड चितवन गएको बेला कृष्णचोकमा स्थानीयले खुकुरी प्रहारको प्रयास गरेको भन्दै पोष्टपाटी डटकमले भ्रमपूर्ण समाचार प्रकाशन गरेको थियो ।

पूर्व प्रधानमन्त्रीको मर्यादामा आँच आउने गरी भ्रमपूर्ण समाचार प्रकाशन गर्ने चन्दलाई विद्युतिय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरिने एसएसपी सिंहले बताएका छन् ।

रोल्पाको गंगादेवी गाउँपालिका स्थायी भर भएका चन्द भक्तपुरको ठिमी बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्