विराटनगरमा ट्याङ्करबाट तेल चोर्ने चालक कारवाहीमा

<span class='c1'>विराटनगरमा ट्याङ्करबाट तेल</span> <span class='c2'>चोर्ने चालक कारवाहीमा</span>

भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिए ।

 

ट्याङकरमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा चालकले तेल चोरेर बिक्री गरेको देखिएको थियो । निगमको केन्द्रीय कार्यालयबाट आएको टोलीले ट्याङ्करका चालकले ट्याङ्करमा लगाइएको ताला बिगारेर तेल चोरी गरेको देखिएको बताएको छ ।

घटनाको सत्यतथ्य पत्ता लागिसकेपछि ट्याङकर धनी सुखदेवले अब उप्रान्त यस्तो घटना हुन नदिने र आफ्नो तर्फबाट भएको गल्ती स्वीकार गर्दै चोरी भएको तेलको दोब्बर रकम निगमको खातामा हिजै जम्मा गरिसके पनि निगमले सुखदेवलाई तीन महीना तेल ढुवानी गर्न बन्देज गरेको, चालक स्वर्णकारले निगम ट्याङकर चलाउन नपाउने, निगम हाताभित्र छ महीना प्रवेश पनि गर्न नपाउने नसिहत निगमले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्