महिला हिंसा विरुद्धको अभियान – विराटनगरको र्‍यालीमा काे-कसले सेल्फी खिचे ( फोटो फिचर)

<span class='c1'>महिला हिंसा विरुद्धको अभियान –  विराटनगरको र्‍यालीमा काे-कसले</span> <span class='c2'> सेल्फी खिचे   ( फोटो फिचर)</span>

विराटनगर,१२ मंसिर । महिला हिंसा विरुद्धको १६ दिने अभियान विराटनगरमा पनि भव्य रुपमा मनाईएको छ । ‘महिला हिंसा र दूव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ विराटनगरमा बुधबार विभिन्न संघ सस्थाहरुको उपस्थितीमा महिला हिंसा विरुद्धको र्याली निकालीएको हो । एक नम्बर प्रदेश सरकारको अगुवाईमा निकार्लिका् र्याली पछि कार्यक्रमलाई सम्बोधन गर्दै संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला निर्मला पन्तको जस्तो अबस्था कसैको आउनु नहुने बताईन । महिला माथि हुने हिंसाको अन्त्यको लागि भएको कार्यक्रमले महिलाले आफ्ना समस्याको बारेमा भन्न पर्छ है भन्ने कुरा सिकाउने बताईन् ।अहिले संघीय मन्त्रालयले महिला हिंसा बिरुद्धको अभियान १६ दिन मात्र नभई बर्षभरी नै अभियानको रुपमा लैजाने आश्वासन दिईन् । मन्त्री थापाले सरकारले ल्याएको सामाजिक सेवा ऐनले समतामूलक समाज निर्माणमा भूमिका खेल्न सक्ने उल्लेख गरिन् । ¥यालीमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सभाका सांसदहरु, प्रदेशका मन्त्रालयका सचिवहरु, कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु तथा अन्य सरोकारवाला संघ संस्था सहभागीता थियो । विराटनगरको विरेन्द्रसभागृहबाट सुरु भएको ¥यालीले बजारको विभिन्न भागको परिक्रममा गरी पुन सभागृहमा पुगेको थियो ।

सामाजिक विकास मन्त्रालयको महिला हिंसा बिरुद्धको १६ दिने अभियान सम्बन्धि र्याली संचालन भईरहँदा त्यही भित्र आफ्नो आनुहार आफै खिच्नमा केही महिला अधिकारकर्मी तथा अगुवाहरु ब्यस्त थिए । हाम्रो क्यामेराले यस्तो भेटेको थियो ।

[caption id="attachment_70526" align="alignnone" width="1024"] [/caption]

तस्विर: सुमन सुस्केरा/अाेबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्