ईलाम, १२ मंसिर । ईलामको सुनमाई नगरपालिका-६ तारगाँउमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आज बिहान ११ बजेको समयमा घरमै बिजुलीको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा २४ बर्षीय राम चन्द्र सुवेदी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बिर्तासिटी हस्पिटल बिर्तामोड पुर्याईएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।