विराटनगरको ब्यस्त बजार गुद्रीबाट महिला पत्रकारको घाँटीबाटै लुछियाे सिक्री

<span class='c1'>विराटनगरको ब्यस्त बजार गुद्रीबाट महिला</span> <span class='c2'>पत्रकारको घाँटीबाटै लुछियाे  सिक्री</span>

विराटनगर, १२ मंसिर । विराटनगरको अति नै व्यस्त   गुद्री बजारबाट एक महिला पत्रकारको घाँटीमा लगाएको सिक्री लुछिएकाे  छ । विराटनगरबाट प्रकाशित हुँदै आएको दर्शन दैनिक पत्रिका आवद्ध महिला पत्रकार सिर्जना कार्कीको घाँटीबाटै सिक्री चोरहरुले लुछेर फरार भएका हुन् । तरकारी किन्न गएकी कार्कीको बुधबार साँझ विराटनगरको गुन्द्री बजारबाट चोरहरुले ७७ हजार मुल्य बरावरकाे  सिक्री थुतेर भागेको उनले बताईन् । विराटनगर तीनपैनी सोमबारे हाटमा बस्दै आएकी उनी साँझ कार्यालयकाे काम सकेर घर फर्कने क्रममा तरकारी किन्ने क्रममा  सवा ताेलाकाे  सिक्री चाेरीएकाे कार्कीले बताईन्  ।

[caption id="attachment_70550" align="alignnone" width="944"] फाईल फाेटाे[/caption]

तरकारी किन्दै गर्दा पछाडीबाट एक युवा उभिएकाे थाहा पाएकी उनले अाफु तरकारी किन्न ब्यस्त भएकाे बेला घाँटीमा लगाएकाे सिक्री थुतेकाे भागेकाे उनले अाेबीलाई टेलिफाेनमा जानकारी दिईन् ।यस बारेमा उनले जिल्ला प्रहरी कार्यालयलाई समेत खबर गरिसकेकाे बताईन्  ।

एक साता अघिपनि यस्तै प्रकृतिकाे घटना यही ठाउँमा भएकाे थियाे । विराटनगर ६ का दिनेश साहकाे अामाकाे समेत गलामा लगाएकाे  सिक्री उस्तै प्रकृतीबाट  चाेरी गरेर भाग्दै गर्दा फरार भएका थिए । मङ्गलवार पनि साेही ठाउँबाट माेटरसाईकल चाेरी भएकाे स्थानीय ब्यापारीले बताएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्