टंकीसिनवारी जेसिस प्रकरण: कार्वाहीमा परिन् पुर्ब अध्यक्ष न्यौपाने, साधारण सदस्य समेत रहेन

<span class='c1'>टंकीसिनवारी जेसिस प्रकरण: कार्वाहीमा परिन् पुर्ब</span> <span class='c2'>अध्यक्ष न्यौपाने, साधारण सदस्य समेत रहेन</span>

विराटनगर, १४ मंसिर ।
विगत केही महिना देखि बढेको टंकीसिनवारी जेसिसको विवाद अदालतबाट नटुङ्गिँदै कार्वाहीसम्म पुगेको छ । टंकीसिनवारी जेसिसको बर्ष २०११ को अध्यक्ष तथा बर्ष २०१२ को नेपाल जेसिको उपाध्यक्ष समेत रहेकी रिता न्यौपाने कार्वाहीमा परेकी हुन् । अदालतमा गएर मुद्दा हालेको भन्दै जेसिसको मानमर्दन गरेको आरोपमा न्यौपानेलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको हो ।
टंकीसिनवारी जेसिसका बर्ष २०१८ का अध्यक्ष प्रदिप प्रसाद बरालको हस्ताक्षर सहित आएको पत्रमा टंकीसिनवारी जेसिस बिधान २००४ को भाग ३४ को सदस्यता समाप्तीको (घ) मा संस्थाको प्रतिष्ठामा आँच पुग्ने कार्य गरेको प्रमाणित भएमा सदस्यता समाप्ती हुने ब्यवस्था रहेको कारण हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । नेपाल जेसिस २०१२को उपाध्यक्ष, नेपाल जेसिस २०१५को राष्टिय कार्यकारीणी उपाध्यक्ष समेत भएकी रितालाई टंकीसिनवारी जेसिसले कार्वाही गर्नुको कारण जेसिस भित्र अन्याय भएको भन्दै अदालतमा मुद्दा हाल्नु रहेको बताईन्छ ।
पुर्ब अध्यक्ष सहितले बहालबाला अध्यक्ष प्रदिपप्रसाद बराललाई अध्यक्ष बनाउँदा गरेको निर्णय, बिधि र प्रक्रियाको बारेमा समेत विवाद नै छ । माईन्युट देखि गरिएका हस्ताक्षर र आन्तरिक असन्तुष्टीले टंकीसिनवारी जेसिस गुटबन्दीको भुमरीमा परेको कतिपय पुर्ब अध्यक्षहरुले टिप्पणी गरेका छन् । केही ब्यक्तिले खेल्दा भबिश्य बोकेका युवाहरुलाई असर पारेको उनीहरुको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्