ग्यास उद्योगलाई एनएस चिह्न प्रदान,पूर्वका यी ग्यास उद्योगले पाए प्रमाणपत्र

ग्यास उद्योगलाई एनएस चिह्न प्रदान,पूर्वका यी ग्यास उद्योगले पाए प्रमाणपत्र

काठमाडौँ, मङ्सिर १३ गते ।

नेपाल गुणस्तर तथा नापतौल विभागले हालसम्म २८ वटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र (एनएस) चिह्न प्रदान गरेको छ । बोटलिङका लागि न्यूनतम मापदण्ड पूरा गरेका ती उद्योगलाई एनएस चिह्न प्रदान गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार नेपालमा सञ्चालनमा रहेका ५९ वटा ग्यास उद्योगमध्ये २८ वटाले एनएस चिह्न प्राप्त गरिसकेका छन् भने बाँकी ३१ वटा ग्यास उद्योगले एनएस चिह्न लिनका लागि अन्तिम प्रक्रियामा छन् । विभागबाट अहिलेसम्म नेपाल ग्यास काठमाडौँ, श्रीकृष्ण ग्यास धादिङ, साइबाबा ग्यास चितवन, जानकी ग्यास नवलपरासी, एनएल ग्यास बारा, मेट्रो ग्यास काठमाडौँ, मारुती ग्यास सुनसरी, त्रिशूली ग्यास रूपन्देही, ओम ग्यास धादिङ, एभरेस्ट ग्यास काठमाडौँ रहेका छन् । 

त्यस्तै सुगम ग्यास धादिङ, गौरशङ्कर ग्यास बनेपा, सुपर ग्यास पर्सा, भानु ग्यास चितवन, सिद्धार्थ ग्यास रूपन्देही, श्री ग्यास धादिङ, मनोज ग्यास काठमाडौँ, राप्ती ग्यास दाङ, साहारा ग्यास मकवानपुर, नोबल ग्यास धनुषा, सगरमाथा ग्यास बनेपा, पाथिभरा ग्यास बनेपा, पाथिभरा ग्यास झापा, सुगम ग्यास सुनसरी, प्रिमा ग्यास सुनसरी, नेपाल ग्यास (नारायणी) बारा, मनकामना ग्यास बाँके, गीता ग्यास धादिङले यस्तो चिह्न प्राप्त गरेको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार कोसी ग्यास मोरङ, श्रीराम ग्यास धादिङ, रिजाल ग्यास मोरङ एनएस चिह्नलगायत ३१ वटा ग्यास उद्योग रहेका छन् । एनएस चिह्नका लागि प्रक्रियामा रहेका ग्यास उद्योगलाई विभागको अन्तिम पटकको अनुगमनका क्रममा दिएका निर्देशन पालना गरेको सूचना प्राप्त भएर त्यसको अन्तिम टुङ्गो लगाएर एनएस चिह्न उपलब्ध गराइने विभागका निर्देशक दीपक ज्ञवालीले जानकारी दिनुभयो । एनएस चिह्नका लागि अन्तिम प्रक्रियामा रहेका उद्योगमा स–साना विषयको सुधार गर्नुपर्ने भएकाले उद्योगीलाई त्यो सुधार गर्न कुनै समस्या नलाग्ने उहाँले जानकारी दिनुभयो ।

उद्योगमा तीनपटक निरीक्षण गरेर मात्रै गुणस्तर प्रमाणपत्र चिह्न प्रदान गर्नुपर्ने र अर्कोतिर निरीक्षण भएका ग्यास उद्योगहरूले पनि विभागको निर्देशन अनुसार सुधार गर्न समय लिएकाले एनएस चिह्न प्रदान गर्न समय लागेको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४÷७५ भित्रै प्रक्रियामा रहेका ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिइसक्ने गरी विभागले आन्तरिक तयारी गरे पनि सबै उद्योग सञ्चालकले विभागले दिएको न्यूनतम मापदण्ड पालना नगरेका कारण पनि ढिला भएको उहाँले बताउनुभयो ।
विभागले गत पुस महिनादेखि ग्यास उद्योगको अनुगमन र निरीक्षणलाई निरन्तरता दिएको हो । एनएस चिह्नका लागि प्रक्रियामा रहेका उद्योगलाई निरीक्षणका क्रममा टोलीले तोकेको मापदण्ड अनुसार ग्यास बोटलिङ गराउन सुझाव दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्