सामाजिक सुरक्षा कोष अन्तर्गतका बिरामीलाई विराटनगरको नोबेल हस्पिटलले दियो थप सुविधा

<span class='c1'>सामाजिक सुरक्षा कोष अन्तर्गतका बिरामीलाई विराटनगरको</span> <span class='c2'>नोबेल हस्पिटलले दियो थप सुविधा</span>

विराटनगर । सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ता श्रमिक तथा उनको श्रीमान वा श्रीमती विरामी भई कोषमा सुचीकृत अस्पतालमा उपचार गराउँदा सहुलियतमा उपचार हुने व्यवस्था छ । त्यसमा पनि विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले कोषमा आवद्ध बिरामीलाई उपचारको क्रममा गर्नु पर्ने सह भुक्तानी मिनाह गरेर थप सुविधा दिएको हो ।

नेपाल सरकारको सामाजिक सुरक्षा कोष अन्तर्गत विभिन्न संघ संस्थाहरु आवद्ध भए यता सामाजिक सुरक्षामा योगदानकर्ताहरु लाखौंको संख्यामा रहेका छन् । सामाजिक सुरक्षा कोषले नियमितरुपमा मासिक रकम जम्मा गर्ने योगदान कर्ता र उनको श्रीमान वा श्रीमतीलाई उपचारमा सहुलियत प्रदान गर्ने गरेको छ । यो सुविधा लिन विभिन्न संघसंस्थामा कार्यरत योगदानकर्ताहरु र उनीहरुका श्रीमान वा श्रीमती बिरामी भई सामाजिक सुरक्षा कोषमा सुचीकृत अस्पतालमा गई उपचार गराउनु पर्ने हुन्छ । सुरक्षा कोषको नियमानुसार बिरामी बहिरङ्ग विभागमा आई जाँच गर्दा सुरक्षा कोषले तोकेको शुल्कको ८० प्रतिशत कोषले व्यहोर्ने र २० प्रतिशत रकम बिरामीले तिर्नु पर्ने हुन्छ ।

भर्ना भई उपचार गर्दा पनि यस्तै गरी भुक्तानी गर्नु पर्दछ । यसलाई थप सहज पारी विरामीले भुक्तानी गर्नु पर्ने सह भुक्तानी मिनाह गर्ने निर्णय गरी नोबेलले कोषमा आवद्ध विभिन्न रोजगारदाता संघ संस्थासँग सहकार्य गर्दै आएको छ । सह भुक्तानी पनि तिर्न नपर्ने भए पछि बिरामीहरुलाई उपचार प्राप्त गर्न सहज भएको नोबेलका जनसम्पर्क अधिकृत नविन दाहाल बताउछन् । उनका अनुसार बिरामीको सुविधाका लागि पर्याप्त मात्रामा नाम दर्ता र विलिङ्ग काउण्टरहरूको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्