प्रहरी र विद्यार्थी बीच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

<span class='c1'>प्रहरी र विद्यार्थी बीच</span> <span class='c2'>अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न</span>

विराटनगर । श्री विनायक बोर्डिङ सेकेण्डरी स्कुल र जिल्ला प्रहरी कार्यालय मोरङको समन्वय र सहकार्यमा विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई "प्रहरीसँग एक दिन" कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८१/११/१२ गते आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङका विभिन्न शाखाहरु जस्तै नागरिक सहायता कक्ष, कार्य/विशेष, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सहायता कक्ष, उजुरी छानबिन, अपराध अनुसन्धान, सिडीआर र कन्ट्रोल रुमको भ्रमण गराई ती शाखाहरुबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी गराइएको थियो।

कार्यक्रममा प्रहरी कर्मचारीहरुले विद्यार्थीहरुलाई प्रहरी सेवा लिने प्रक्रियाबारे सुचित गर्नुका साथै साइबर अपराध, लागूऔषध दुर्व्यसन, सडक सुरक्षा, आधारभुत सुरक्षा लगायतका विषयमा तयार पारिएका श्रव्य दृष्य सामाग्रीहरुको प्रस्तुतिकरण गरिएको थियो। प्रशिक्षकहरुसँगको अन्तरक्रियाले विद्यार्थीहरुलाई यी विषयहरुमा थप जानकारी प्राप्त गर्ने अवसर मिलेको थियो। यो कार्यक्रम विद्यार्थीहरुलाई प्रहरीको काम र समाजमा यसको महत्व बारे बुझ्नका लागि निकै उपयोगी रहेको विद्यालयका व्यवस्थापन प्रमुख अश्विनीकुमार ठाकुरले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्