मोरङ, मंसिर १३।
मोरङको बेलवारी नगरपालिका-७ बाहुनीमा घरमा बालेको कुपी बत्तिमा डढेर ३ बर्षीया बालिकाको मृत्यु भएको छ । बुधवार साँझ १८ बजेको समयमा नवल किशोर चौधरीको ३ बर्षीया छोरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीले पोल्दा गम्भीर घाईते भएकी थिईन ।
घाईतेलाई उपचारको लागि तत्काल बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा राती १:३० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।