सप्तरीमा यस्तो घटना :आमासँग झगडा गरेर आफ्नै शरीरमा आगो लगाएकी बालिकाको मृत्यु

<span class='c1'>सप्तरीमा यस्तो घटना :आमासँग झगडा गरेर</span> <span class='c2'>आफ्नै शरीरमा आगो लगाएकी बालिकाको मृत्यु</span>

राजविराज मङ्सिर १३ । सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक बालिकाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले बताए । आफ्नै आमासँग विवाद हुँदा बुधबार साँझ अञ्जनीले शरीरमा मट्टितेल छर्किएर आगो लगाई आत्महत्याको प्रयास गरेकी थिइन् ।

आगोबाट अञ्जनीको शरीर जलेर घाइते भएकी उनको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्