एडीबीले आगामी तीन वर्षमा नेपालमा १ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्ने

<span class='c1'>एडीबीले आगामी तीन वर्षमा नेपालमा १</span> <span class='c2'>खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्ने</span>

नेपालको मुख्य विकास साझेदार एसियाली विकास बैंक (एडीबी) ले आगामी तीन वर्षमा १ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

सन् २०१९, ०२० र ०२१ का लागि विजनेश प्लान सार्वजनिक गर्दै एडीबीले नेपालमा लगानीको रणनीति परिवर्तन गरेर रकम पनि थप्दै जाने बताएको छ।

बैंकले आगामी तीन वर्षभित्र १ अर्ब २३ करोड ५५ लाख अमेरिकी डलर लगानी गर्ने उल्लेख गरेको छ। नेपालमा आयोजना कार्यान्वयनको गति बढेर खर्चमा सुधार भएमा लगानी रकम बढाउँदै जाने बताएको छ। एडीबीले लगानीको रणनीतिमा बदलाब ल्याउने बताएको छ। बैंकले यो अवधिमा उर्जा, यातायात, सहरी पूर्वाधार खानेपानी र सरसफाइका क्षेत्रमा लगानी बढाउँदै जाने बताएको छ।

त्यस्तै यही अवधिमा कृषि, प्राकृतिक स्रोत साधान र ग्रामिण विकासमा पनि लगानी गर्ने उसको लक्ष्य रहेको छ। शिक्षा र अन्य प्राविधिक सहायता पनि लगानी जारी रहने बैंकको भनाइ रहेको छ।
हाल बैंकका लगानी रहेका अधिकां आयोजना निर्माणाधिन रहेका छन्। जसमा सन्तोषजनक खर्च नभएको भन्दै बैकले नेपाल सरकारसमक्ष असन्तुष्टि व्यक्त गर्दै आएको छ ।
अहिले २ अर्ब ८० करोड अमेरिकी डलरका ३६ परियोजना संचालित रहेकामा केही ठुला परियोजनाको खर्च निरासाजनक रहेको छ।

बैंकले सन् २०१८ मा कूल ३३ करोड ८० लाख अमेरिकी डलर खर्च गर्ने लक्ष्य लपएको थियो। जसमा हालसम्म १८ अर्बमात्र खर्च भएको छ। । त्यस्तै ४४ करोड डलरको ठेक्का लगाउने लक्ष लिएकोमा त्यसको ४८ प्रतिशतमात्र सम्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्