प्रधानमन्त्री ओलीकाे जस्तै पोल–पोलमा निर्मलाकाे पोस्टर !

प्रधानमन्त्री ओलीकाे जस्तै पोल–पोलमा निर्मलाकाे पोस्टर !

काठमाडाैं मङ्सिर १३ ।

भर्खरै सरकारले भव्य तामझामका साथ योगदानमा आधारित सामाजिक सुरक्षा योजना सार्बजनिक गरेको छ । देश नयाँ युगमा  प्रवेश गरेको नारा दिंदै अगाडि सारिएको कार्यक्रमको भद्दा प्रचार शैलीलाइ लिएर सामाजिक संजालहरुमा ब्यापक आलोचना देखियो ।

यस्तैमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न नसकेको अवस्थामा स्वतन्त्र युवाहरुको एक समूहले पन्तको तस्वीर राखिएको पोस्टर बुधवार राति काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा टाँसेका छन् ।पोस्टरमा निर्मलाको लागि न्याय दिन माग गर्दै ‘सरकार भेटियो, न्याय भेटिएन ।’र अंग्रेजीमा –’ न्याय दिन ढिलाइ गर्नु न्याय दिन अस्विकार गर्नु हो ।’,लेखिएको छ ।

 

प्रधानमन्त्रीको सामाजिक सुरक्षा योजनाको पोष्टर टाँसिएकाे पाेलमै निर्मलाको पोष्टर टाँसिएको छ । निर्मलाको न्यायका लागि देशभरि आन्दोलन भइरहेका छन् । घटनाबारे तहतहका अनुशन्धान अघि बढाइए पनि ठोस परिणाम भेटिएको छैन ।निर्मलामा बुवा यज्ञराज छोरीको न्यायको लागि अनसनरत रहने क्रममै बिरामी भएपछि उपचारको लागि राजधानि ल्याइएका छन् ।

गत मंगलवार  सामाजिक सुरक्षा योजना उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीकाे भनाइ ‘अब जनताले जहाँ खोज्यो त्यहीं पाउनेछ सरकार ‘लाई निर्मलाको पोष्टरले ब्यंग्य गरेकाे प्रतिबिम्वित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्