सप्तरीका किशोरीलाई एक महिने क्रिकेट प्रशिक्षण शुरु

<span class='c1'>सप्तरीका किशोरीलाई एक महिने</span> <span class='c2'>क्रिकेट प्रशिक्षण शुरु</span>

राजविराज मङ्सिर १३ । क्रिकेट खेलमा महिला खेलाडी उत्पादन र सो खेलको विकास गर्ने उद्देश्यका साथ बुधबारदेखि यहाँ एक महीने क्रिकेट प्रशिक्षण शुरु गरिएको छ । सप्तरीका किशोरीलाई क्रिकेट खेलमा रुचि बढ्दै गएपछि जिल्लाको सुरूङ्गा र खड्ग नगरपालिकामा सो क्रिकेट प्रशिक्षण कार्यक्रम शुरु गरिएको सप्तरी क्रिकेट सङ्घका सचिव आयुष श्रेष्ठले जानकारी दिनुभयो ।

खड्ग नगरपालिका–७ स्थित कल्याणपुरको खेल मैदानमा ती किशोरीलाई राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले प्रशिक्षणको उद्घाटन गर्नुभयो । सुरुङ्गा नगरपालिका र खड्ग नगरपालिकाको संयोजन तथा सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा क्रिकेटको विकासलाई उकास्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम शुरु गरिएको सचिव श्रेष्ठले बताउनुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले महिला क्रिकेट उत्पादन गर्ने लक्ष्यसँगै सप्तरीबाट टिम वर्षौंदेखि बन्न नसकेकाले सप्तरीका टिमसमेत प्रतियोगितामा सहभागी गराउने उद्देश्य रहेको सप्तरी क्रिकेट सङ्घका सचिव श्रेष्ठले भन्नुभयो ।

राष्ट्रिय प्रशिक्षक टमाटाले खड्ग र सुरुङ्गा नगरपालिकाका १२५ किशोरीलाई प्रशिक्षण दिनेछ । प्रशिक्षणबाट उत्कृष्ट ३० किशोरीलाई खेलाडीबीच अभ्यास म्याच गराउने र आउने दिनमा सप्तरी महिला क्रिकेट टिम बनाउने लक्ष्यसमेत रहेको सबल नेपालका चन्दन यादवले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्