ऋण तिर्न नसक्दा आफ्नै माईक्रो बस जलाउने चालक र सह–चालक मोरङ प्रहरीकाे नियन्त्रणमा

ऋण तिर्न नसक्दा आफ्नै माईक्रो बस जलाउने चालक र सह–चालक मोरङ प्रहरीकाे नियन्त्रणमा

विराटनगर, १३ मंसिर ।
बिराटचौङक–बिराटनगर भित्री सडक खण्डमा गएराती एकाएक माईक्रोबसमा आगो लाग्यो । केही क्षणमा नै माईक्रोबस जलेर कामै नलाग्ने भयो । राती करिब ११ बजे भएको आगजनी पछि प्रहरी कार्यालयमा फोलन गयो ग्रामथान गाउँपालिका पडा नम्बर ६ स्थित मसान चोकमा माईक्रोबसमा अज्ञात समुहले आगजनी ग¥यो मोवाईल र धनमाल समेत चोरेर लग्यो । रामेछापको मन्थली नगरपालिका वडा नं. ५ बस्ने बर्ष ४८ शम्भु कार्कीले चलाएको बा ३ ख ८०७४ नम्वरको माइक्रो बसमा आगजनी भएको थियो । आगजनी भएको खबर थाहा पाएको ईलाका प्रहरी कार्यालय हरैचाको टोली र इलाका प्रहरी कार्यालय बेलवारीबाट तत्काल प्रहरी टोली घटना स्थलमा पुगेको थियो । करिब आधा घण्टाको फरकमा पुगेको टोली सहित स्थानियवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईयो ।
आगोले माइक्रो बसको ईन्जिनको भाग बाहेक अन्य भाग पुर्ण रुपमा जली क्षति भएको छ । आगलागीको कारण बारे अज्ञात भएको थाहा पाएको प्रहरीले त्यही माईक्रो बससका चालक शम्भु कार्की र सहचालक रामेछापको लिखु गाउपालिका वडा नं. ५ बस्ने बर्ष २५ को दिनेश बरुवाललाई नियन्त्रणमा लियो ।
भुमिका शंकास्पद लागेर सहचालकलाई नियन्त्रणमा लिनुका साथै चालकको शरिरको दाँया भागमा आगोलागि सामान्य घाईते भएले उपचारको लागि नोवेल अस्पताल बेलबारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
नियन्त्रणमा लिईएका सहचालकलाई ईलाका प्रहरी कार्यालय बेलवारीमा ल्याई अनुसन्धान गर्दा आफ्नो गाडी पुरानो भई ऋण समेत चुक्ता गर्न नसकेको, बिमा लगायत अन्य क्षतिपूर्ति प्राप्त गर्ने योजनाबद्ध रूपमा आफैले पेट्रोल छर्किएर जलाएको पाईएको डिएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्