झापाको गौरादह नगरपालीकामा बहुमत अल्पमतको बिबाद छताछुल्ल

<span class='c1'>झापाको गौरादह नगरपालीकामा बहुमत</span> <span class='c2'>अल्पमतको बिबाद छताछुल्ल</span>

झापा,१४ मङ्सिर । झापाको गौरादह नगरपालिकामा बहुमत अल्पमतको बिबाद छताछुल्ल भएको छ। नौ वटा वडा रहेको नगरपालिकामा प्रमुख सहित तिन वटा वडामा कांग्रेसले जितेको थियो भने ६ वटा वडा र उप प्रमुख सहित बहुमत तत्कालीन एमालेको पक्षमा रहेको छ। तत्कालीन नेकपा एमालेका झापा जिल्ला सचिवलाई नै नगर प्रमुखमा कांग्रेस उम्मेद्वारले नराम्ररी पराजित गरेपछि तत्कालीन एमालेमा भाँडभैलो भएको थियो। त्यसमाथि पनि पार्टि अध्यक्ष केपि ओलीको क्षेत्र, दिपक कार्की र हिक्मत कार्कीको गृह नगरमा नेपाली कांग्रेसका उम्मेद्वारले जिते देखीनै तत्कालीन एमालेको छटपटि सुरु भएको थियो।

नगरपालीकामा सुरुवातकै समय देखिनै बहुमतको नाममा एमालेबाट निर्वाचित जन प्रतिनिधिहरुले बिधि र प्रक्रिया मिचेर आफु खुशी निर्णय गर्ने कोशिस गरेका थिए। जनताले चुनेका नगर प्रमुखलाई बहुमतको आडमा रबर स्ट्याम्प बनाउने सुरु देखिनै एमालेको कोसिस रहेको थियो।  बिहिबारको नगर कार्यपालिका बैठकमा पनि कानुनले दिएको नगर प्रमुखको अधिकारलाई मिचेर बहुमतले जे भन्छ नगर प्रमुखले त्यहि मान्नु पर्छ भनि एमाले पक्षका वडाध्यक्षहरुले बखेडा झिकेपछि बिबाद भएको थियो।

आफु जनताको प्रतिनिधी भएको भन्दै नगर प्रमुख शाहले बहुमतकै आडमा जन बिरोधी निर्णय गर्न नदिने अडान लिएपछि बैठकमा बिबाद भएको थियो। बैठकमा एमाले पक्षले बहुमतको अडान नछाडेपछि नगर प्रमुख शाहले बैठक स्थगित गरेका थिए। तर नेकपाका प्रतिनिधिहरुले उप प्रमुखको अध्यक्षतामा बैठक बसी बिभिन्न निर्णयहरु गरेको पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन्।

बैठकमा नगरपालिकाले जारी गर्ने शिक्षा नियमावलीको बिषयमा छलफल सुरु भए पछि त्यसमा रहेका धेरै बुँदामा शिक्षा सम्बद्ध पक्षले बिरोध जनाएको भन्दै नगर प्रमुखले संसोधन गरेर मात्रै पास गर्ने अडान लिएपछि उप प्रमुख पक्षले जस्ताको तस्तै पास गर्नु पर्ने अडान राखेका थिए। सोहि कुरामा बिबाद आएपछि नगर प्रमुख शाहले बैठक स्थगित भएको घोषणा गरेका थिए । तर नेकपाका प्रतिनिधिले उप प्रमुख गिता भेटवालको अध्यक्षमा बैठक बसेर बिभिन्न निर्णय गरिएको भन्दै साँझ नगरपालिकामा पत्रकार सम्मेलन गरेका थिए।

शिक्षा नियमावलीमै बिबाद भएपछि नगर प्रमुखले स्थगित गरेको बैठक पछि उप प्रमुखको अध्यक्षतामा बसेको भनेको बैठकले शिक्षा नियमावली भने अर्को बैठकमा पेश गर्ने निर्णय गरेको छ। नगर प्रमुख शाहले आजको बैठक आफुले स्थगित गरेको भन्दै त्यसपछि कसले कहाँ के गरे भन्ने बिषयमा आफुलाई जानकारी नभएको बताए। हाम्राकुरा डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्