महिला साफ च्याम्पियनशिप फागुन २८ देखि विराटनगरमा हुने, ७ देशकाे सहभागिता रहने

<span class='c1'>महिला साफ च्याम्पियनशिप फागुन २८ देखि </span> <span class='c2'>विराटनगरमा हुने, ७ देशकाे सहभागिता रहने</span>

विराटनगर,१४ मङ्सिर। नेपालले पाँचौँ महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता फागुन २८ देखि चैत ८ गतेसम्म मोरङको विराटनगरमा गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीको बिहिवारसाँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । एन्फा प्रवक्ता किरण राईका अनुसार प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, भूटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहनेछ । गत महिना दक्षिण एसियाली फुटबल महासङ्घको बैठकले साफको आगामी संस्करण नेपालमा गर्ने निर्णय गरेको थियो ।यसअघि उक्त प्रतियोगिता आयोजनाको जिम्मा श्रीलङ्कालाई दिइएको थियो । श्रीलङ्काले आयोजना गर्न नसक्ने जनाएपछि साफ प्रतियोगिता निर्धारित समयभन्दा एक महिना पछि सारेर नेपालमा हुन लागेको प्रवक्ता राईले बताए । यसअघि प्रतियोगिता पुस २ गतेदेखि श्रीलङ्कमा गर्ने गरी खेलतालिका सार्वजनिक गरिएको थियो । नेपाली महिला टोली हरि खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ । सो प्रतियोगितामा नेपाल उपविजेतासम्म बनेको छ ।

यस अघि  नेपालमा महिला साफ च्याम्पियनशीप अायाेजना हुने भन्ने जानकारी पाउनासाथ विराटनगरका मेयर भिम पराजुलीले प्रतियाेगिता विराटनगरमा गराउन महानगर तयार रहेकाे प्रतिक्रिया दिएका थिए । महानगरले गर्नेजती सबै सहयाेग गर्न तयार रहेकाे जनाउँदै अाएका थिए ।

आठौँकाे खेलाडी छनोट अाजदेखि

प्रदेश नं ५ मा माघ २५ गतेदेखि हुने आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत जिल्ला छनोट शुक्रबारदेखि शुरु हुने भएको छ । उक्त छनोट ७७ जिल्लामा मङ्सिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तयारी सचिवालयका प्रमुख इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आठौँ राष्ट्रिय खेलकूदमा समावेश ३५ खेलमध्ये २० खेलको जिल्ला छनोट शुक्रबारदेखि हुनेछ । बक्सिङ, भारोत्तोलन, क्रिकेट, बास्केटबल र ह्याण्डबलको महिला जिल्ला छनोट भने हुने छैन । यी पाँच खेलको भने सिधै प्रदेश छनोट सञ्चालन गरिने उनले जानकारी दिए । जिल्ला छनोटमा ३१ हजार ८४५ खेलाडीले सहभागिताका लागि नाम दर्ता गराएका छन् ।

यही मङ्सिरमा आयोजना गर्नेगरी तय भएको आठौँ राष्ट्रिय खेलकूद पूर्वाधार अभावका कारण दुई महीना सारेको हो । गत महीना नुवाकोटको ककनीमा बसेको परिषद्को बोर्ड बैठकले मङ्सिर ८ गतेदेखि नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा आयोजना गर्ने तय गरेको थियो । परिषद्ले पछि सो प्रतियोगिता माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी मिति तय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्