मदिराकाे विज्ञापन प्रकाशन तथा प्रसारण रोक्ने सरकारको योजना, विज्ञापन सङ्घकाे अापत्ति

मदिराकाे विज्ञापन प्रकाशन तथा प्रसारण रोक्ने सरकारको योजना, विज्ञापन सङ्घकाे  अापत्ति

काठमाडौं,१४ मङ्सिर ।  मदिरासम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण रोक्ने सरकारको योजनाको नेपाल विज्ञापन सङ्घ (आन) ले आपत्ति व्यक्त गरेको छ । सरकारले ल्याउन लागेको ‘मदिरा उत्पादन र विक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश २०७५’ ले अर्बौंको राजस्वमा असर गर्ने आनको भनाइ छ ।

आनले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त नीतिले हजारौं श्रमिकको रोजीरोटी खोसिने बताएको छ । सरकार आफैले नियमानुसार स्थापना गर्न स्वीकृति दिएका उद्योगबाट उत्पादित वस्तुहरुको व्यवसायिक प्रवद्र्धनमा रोक लगाउनु हास्यास्पद भएको आनको ठहर छ । ‘सरकारले ल्याएको सामाजिक सुरक्षा व्यवस्थाले परिकल्पना गरेको श्रमिकको रोजगार सुरक्षाको विपरीत यो नीति देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ । यस्ता नीति तथा कार्यादेश जारी गर्नुपूर्व सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने र त्यसका लागि आन तयार रहेको पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्