विराटनगरको जनता नमुना स्कुलमा बैठकमै शिक्षक र अभिभावक विच हात हालाहाल

<span class='c1'>विराटनगरको जनता नमुना स्कुलमा बैठकमै शिक्षक</span> <span class='c2'>र अभिभावक विच हात हालाहाल</span>

विराटनगर १४ मंसिर । विराटनगर २ मा रहेको जनता नमुना माध्यामिक बिद्यालयमा शुक्रबार बिहान विद्यालय व्यवस्थापन समितिको बैठक बोलाईएको थियो । बिहान ८ बजे नै निम्तो गरिएको व्याक्ति सबै उपस्थित भईसकेका थिए । विराटनगर महानगरपालिका २ का वडा अध्यक्ष समेतको उपस्थिती थियो । तर बैठकमा शिक्षक प्रतिनिधि र अभिभावक प्रतिनिधि विच हात हालाहाल भएपछि बैठक नै तनाव हुने स्थितीमा पुग्यो ।
हरेक महिना बैठक बस्ने नियम भए पनि विद्यालयमा भने ५ महिना यता विद्यालय व्यवस्थापन समिति गठन भएपनि बैठक बस्न सकेको थिएन । गत असार ३२ गते नै विद्यालय व्यवस्थापन समिति गठन भएको थियो ।
सौहाद्रपुर्ण भईरहेको बैठकमा रिक्त रहेको दुई जना सदस्यलाई मनोनित गर्ने बिषयमा विवाद चर्किएको थियो । शिक्षक प्रतिनिधि शिला नेपालीले अभिभावक प्रतिनिधि ममता कर्णमाथि हातपात गरिन् । हातपात गर्दा ममताको हातमा चोट लागेको छ ।
वडा अध्यक्ष कुमार पोखरेल उपस्थित भएको बैठकमा विवादपछि माइन्युट दराजमा राखेर नेपालीले दराजको चाबी बोकेर हिडेकी थिइन् । स्कुलमा सुरेश बाँस्कोटा र सुमा कार्कीलाई सदस्यमा मनोनित गर्ने तयारी छलफलमा गरिएको थियो । तर सदस्य सचिव समेत रहेका प्राध्यानाध्यापक बिजय रौनियार र शिक्षक प्रतिनिधि नेपालीले नमानेपछि विवाद उत्पन्न भएको आरोप लागेको कर्णले लगाएकी छिन् ।
४ जना अभिभावक प्रतिनिधी र वडा अध्यक्ष सहित पाँच जनाले सदस्य मनोनित गर्ने माइन्युट लेख्नुपर्छ भनेपछि माईन्युट दराजमा राखेको बिषयले उनीहरु बिचमा विवाद भएको बिद्यालय श्रोतले जनायो । बिबाद बढ्दै जादा आफूमाथि कुटपिट भएको ममताले गुनासो गरिन् । शिक्षक प्रतिनिधि र अभिभावक प्रतिनिधि बिच विवाद हुदा वडा अध्यक्ष कुमार पोखरेल साक्षी थिए । तर प्राध्यानाध्यापक रौनियार भने सामान्य विवाद भएको बताएका छन् । शिक्षक र प्राध्यानाध्यापक बिजयकुमार रौनियार बिचको आन्तरिक कलहका कारण शैक्षिक अवस्था कमजोर बन्दै गएको विद्यालय ब्यवस्थापन समितिका सदस्यको आरोप छ । २०३५ सालमा नेपालकै नमुना विद्यालय घोषणा भएको बिद्यालय पछिल्लो समय कमजोर बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्