तेह्रथुम, १४ मंसिर । तेह्रथुमको म्याङलुङ नगरपालिका-९ बस्ने १८ बर्षीय महेन्द्र तामाङको लडेर मृत्यु भएको छ । घर नजिकै बाटोमा हिड्दै गरेको अवस्थामा मोटर बाटो छेउमा लगाएको ग्याबिन जालीको वालबाट १०/१५ फिट तल खस्दा उनी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएकोमा उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।