विराटनगरमा उत्पादन शुरु भएको शिखर मोटर पम्पले गर्यो एक बर्षमा ६५ करोडको ब्यापार

विराटनगरमा उत्पादन शुरु भएको शिखर मोटर पम्पले गर्यो एक बर्षमा ६५ करोडको ब्यापार

विराटनगर, १५ मंसिर ।
विराटनगरमा रहेको तुलसीसहकारी संस्थाद्धारा संचालित तुलसी मोटरपम्प ईण्डष्ट्रिजको शिखर पम्पको उत्पादनले एक बर्ष मै शिखर चुमेको छ । नेपालमै पहिलो पटक उत्पादन भएको मोटरपम्पले एक बर्ष मै ठुलो उपलब्धि हाँसिल गरेको हो । २०७४ मंसिर देखि उत्पादन शुरु भएको एक बर्ष मै माग धान्नै नसक्ने अबस्थामा पुगेको हो । सहकारीले पनि चाह्यो भने ठुलै काम गर्नसक्छ भन्ने उदेश्यका साथ आम नागरिकलाई लक्षित गरि नेपाली उत्पादनलाई बजारमा पुर्याउनको शिखर मोटर पम्पको नेपाली उत्पादन शुरु भएको हो ।
एक बर्षको अबधिमा करिब एक लाख भन्दा बढी बिक्री भईसकेको छ कम्पनीले जनाएको छ । यसको बजार मुल्य ५ हजार पाँच सय देखि ७ हजारसम्ममा खरिद बिक्रि भईरहेको तुलसी बहुमुखी सहकारीकी म्यानेजर समिता न्यौपानेले जानकारी दिईन् । एक बर्षको अबधिमा करिब ६५ करोडको कारोबार गरेको उनको भनाई छ ।
उनका अनुसार यसको डिलर पोखरा, नारायणघाट, बुटवल, कोहलपुर, धनगढी, काठमाडौँ, जनकपुर, बिराटनगर सहित पुर्बको दमक र विर्तामोडबाट बिक्री भईरहेको जानकारी दिईन् । ‘उत्पादनको माग बजारबाट बढी आएको छ, उनले भनिन्– ‘माग धान्न नसकेको अबस्था छ, दैनिक १५ सय माग रहेपनि त्यसलाई पुरा गर्न सकिएको छैन ।’
फाईदै फाईदा
विराटनगर १९ मा उद्योग संचालन गरेर उत्पादन भईरहेको मोटरपम्पको बजारमा अत्याधिक माग भएपछि अहिले दैनिक २ सिफ्ट संचालन गरिएको छ । एक बर्षको ग्यारेन्टी सहित धेरै गहिराई देखिको पानी तान्न सक्ने र माथि पुर्याउन सक्ने पम्पको फाईदा रहेको न्यौपानेले बताईन् । कम भोल्टेजमा चल्ने र बिजुली खपत कम हुने, सतप्रतिशत तामाको तार बाट बनेकोले यसको टिकाउको उनले ग्यारेन्टी गरिन् । भोल्टेज घटबढ भएमा स्वतः बन्दभई फेरी आफै चल्ने खालको नेपालमा नै बनेको हुँदा मोटरको सबै स्पेयर पार्टसहरु नेपालमा नै उत्पादन भएकोले समस्या नभएको उनको दावी छ ।

बि.स. २०५२ सालमा बिराटनगरमा स्थापीत तुलसी बहुमुखी सहकारी संस्थाको प्रत्यक्ष लगानीमा तथा शिखर अर्गनाईजेशनको प्रबर्द्धन नेपालमानै पहिलो पटक नेपाली माटो सुहाउदो सस्तो एवंम गुणस्तरिय वाटर पम्प उत्पादन गर्ने उद्देश्यले तुलसी मोटर पम्प ईण्डष्ट्रीजले उत्पादन थालेकेा थियाे ।

यस कम्पनीले पूर्वी नेपालको बिराटनगरमा ईण्डष्ट्री स्थापना गरी शिखर ब्राण्डका पानी तान्ने पम्पहरु उत्पादन गरिरहेको छ । न्यौपानेका अनुसार नेपालमै पहिलो चोटी स्थानीय जनशक्ति एवंम स्थानीय स्रोत र साधनको प्रयोग गरी अन्तर्राष्ट्रिय गुणस्तरयुक्त वाटर पम्प उत्पादन गर्दै आईरहेको छ । यस सस्थाले कृषि, उद्योग र घरायसी प्रयोजनलाई विशेष प्रथमिकतामा राखेर पम्पहरु उत्पादन गरिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्