नेकपाको प्रदेश कमिटी सदस्यको नामावली सार्वजनिक नहुँदै विवाद सुरु

<span class='c1'>नेकपाको प्रदेश कमिटी सदस्यको नामावली</span> <span class='c2'>सार्वजनिक नहुँदै विवाद सुरु</span>

काठमाडौं, १५ मङ्सिर।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक नहुँदै विवाद सुरु भएको छ । टुंगो लागिसकेको प्रदेश सदस्यको नामावलीमा शीर्ष नेताले आफूअनुकूलका नेताको नाम थप्ने र काट्न थालेसँगै स्थायी कमिटीका सदस्यको दबाबका कारण सो नामावली सार्वजनिक हुन नसकेको हो ।गत बुधबारको सचिवालय बैठकले सातवटै प्रदेश कमिटीका सदस्यको नामावली टुंगो लगाएको थियो । टुंगो लागेको नामावली बिहीबार सार्वजनिक गर्ने पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताएका थिए ।

नेकपा स्थायी कमिटीका सदस्य घनश्याम भुसालले प्रदेश कमिटीका सदस्यको नामावली सचिवालयले सार्वजनिक गरे स्थायी कमिटीले उल्ट्याइदिने चेतावनी दिए । स्थायी कमिटीमा छलफल पछि पारित भए मात्रै नामावली सार्वजनिक गर्न मिल्ने बताउँदै सचिवालयलाई प्रदेश सदस्यको नामावली सार्वजनिक गर्ने अधिकार नभएको बताए ।

‘पार्टी सचिवालयले छलफल गरे प्रदेश सदस्यहरूको नामावली तयार गरी स्थायी कमिटीमा पेस गर्ने हो । स्थायी कमिटीले छलफल गरेर निर्णय गरिसकेपछि मात्रै नामावली सार्वजनिक हुन्छ,’ स्थायी कमिटी सदस्य भुसालले भने, ‘पार्टी विधानविपरीत सचिवालले स्थायी कमिटीमा छलफल नै नगरी नामावली सार्वजनिक गरे हामीले त्यसलाई उल्ट्याइदिन्छौं ।’

पार्टी एकताका विषयमा छलफल गरी त्यसलाई एजेन्डाका रूपमा स्थायी कमिटीमा प्रस्तुत गर्ने अधिकार सचिवालयलाई भएको बताउँदै उनले स्थायी कमिटीको छलफलबिना सिधै नामावली सार्वजनिक गर्न नमिल्ने बताए ।यता, सचिवालयले टुंगो लगाइसकेको नामावली सार्वजनिक नगरी पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आफूअनुकूल ‘काँटछाँट’ सुरु गरेका छन् ।

पछिल्लो समय गठन भएको कार्यदलका सदस्य एवं सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेललाई राखेर अध्यक्षद्वय ओली र दाहालले आफूअनुकूलका नेताको नामावली समावेश गर्नुका साथै काट्न थालेकाले सार्वजनिक गर्न ढिलाइ भएको नेकपा स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्