कुकुरले गर्यो दर्जनौं पटक रक्तदान

कुकुरले गर्यो दर्जनौं पटक रक्तदान

काठमाडौँ, मङ्सिर । मानिसले त एकसय पटक भन्दा बढी समय रक्तदान गरेको समाचार आउने गर्छ तर ककुरले पनि दर्जनौं पटक रक्तदान गरेर धेरैको ज्यान बचाएको सुन्दा अचम्म लाग्न सक्छ ।
आजको गोरखा दैनिकले यसबारे पहिलो पृष्ठमै समाचार लेखेको छ । समाचारमा भनिएको छ–कुकरको मानिसको जस्तो रक्त समूह हुँदैन । त्यसैले एउटा कुकरको रगत पहिलो पटक दिँदा प्रायः अर्को कुकरलाई मिल्छ, त्यसले गर्दा कुकुरलाई पनि रगत दिने गरिन्छ ।  ललितपुरका भैंसेपाटीस्थित स्नेहा कियर सेन्टरमा रहेको एक जर्मन सेफर्ड पोथी ककुरले तीन वर्षको अवधिमा दर्जनौं पटक रक्तदान गरेर धेरै कुकुरको ज्यान बचाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्