निर्मलाका निम्ति न्याय अभियान विराटनगरमा, पन्तको तस्बिर अंकित पर्चा बोकेर प्रदर्शन

निर्मलाका निम्ति न्याय अभियान विराटनगरमा, पन्तको तस्बिर अंकित पर्चा  बोकेर प्रदर्शन

विराटनगर, १५ मङ्सिर ।   निर्मलाका निम्ति न्याय अभियान  अन्तरगत विराटनगरमा पनि प्रदर्शन भएकाे  छ।  विराटनगरकाे ट्राफिक चोकमा भेला भएका युवा अभियानकर्मीले निर्मला पन्तको तस्बिर अंकित पर्चा तथा फ्लेक्स बोकेर शनिबार प्रदर्शन गरेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको भित्तामा पर्चा टाँसेर नाराजुलुससहित अघि बढेका युवाले ‘पोल पोलमा सरकार, टोलटोलमा बलात्कार’ र ‘बलात्कारीलाई फाँसी दे’ भन्ने नारासमेत लगाएका छन्। युवाको जुलुसलाई प्रहरीले कुनै अवरोध भने गरेन। अभियानमा सहभागी दिपेश धिमालले सरकार अन्धो र बहिरो भएकोले अन्यायमा परेकी निर्मलाको न्यायको लागि अभियान चलाएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्