पाँचथरमा राप्रपा प्रजातान्त्रिकको प्रशिक्षण

पाँचथरमा राप्रपा प्रजातान्त्रिकको प्रशिक्षण

पाँचथर, १५ मङ्सिर  । नेपाली राष्ट्रियतामाथि चौतर्फी हस्तक्षेप भएको बेला संगठन निर्माणमा जुट्नु पर्ने ठहर गर्दै राप्रपा (प्रजातान्त्रिक) पाँचथरले स्थानीय तहका प्रशिक्षण कार्यक्रमलाई निरन्तर दिएको छ । यसै शिल्शिलामा दुर्दिम्बामा वडास्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा (प्रजातान्त्रिक) पाँचथरका जिल्ला सचिव कमल कुमार राईले भने, “विविधताले भरिएको नेपाल र नेपालीको नेतृत्व कसले गर्ने भन्ने प्रश्न उब्जिएको बेला सशक्त राष्ट्रवादी शक्तिको अभाव खट्किएको छ । यसकारण हामी चनाखो भएर राष्ट्र र जनताको हितमा क्रियाशील हुन जरुरी छ ।”

जिल्ला सचिव राई र पार्टीका वरीष्ठ सदस्य लक्ष्मी प्रसाद माखिमले स्थानीय संगठन र पार्टीको नीतिगत सवाल बारे प्रशिक्षण दिएका थिए । सबिना वजी बरालको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यक्रममा गञ्जमान वजी, प्रेम मगर, ललित वजी र डम्बर पोखरेलले मन्तव्य राखेका थिए । सो अवसरमा टोल टोलसम्म भेटघाट कार्यक्रम सम्पर्क गर्ने निर्णय समेत भएको थियो । राप्रपा (प्रजातान्त्रिक) पाँचथरले यस अघि जिल्लाका सबै वडाहरुमा संगठन चुस्त र दुरुस्त राख्न भेटघाट अन्तरक्रिया आयोजना गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्