विराटनगरकाे बुधनगर पुगेर मेयर पराजुलीले महिनाबारी भएका युवतीलाई प्याड बाँडे

विराटनगरकाे बुधनगर पुगेर मेयर पराजुलीले महिनाबारी भएका युवतीलाई प्याड बाँडे

विराटनगर, १५ मंसिर .
विराटनगर महानगरपालिकाको सहयोगमा नगर बाल क्लब संजालले विराटनगरमा सुरक्षित महिनावारी व्यवस्थापन सम्बन्धि सचेतना शिविर सम्पन्न गरेको छ । विराटनगरको वडा नम्बर १८ मा रहेकाे जनक आधारभूत विद्यालयमा शनिवार गरिएको सचेतना मूलक शिविरमा अहिले पनि धेरै छात्राहरु महिनावारीको समयमा विद्यालय छाड्ने गरेको बाल क्लबका अध्यक्ष श्याम गुप्ताले जानकारी दिए । अधिकांश विद्यार्थीहरु कपडा प्रयोग गर्ने गरेको भेट्टिएका छन् भने कतिपयले त महिनावारीको समयमा कपडा र प्याड दुवै नै प्रयोग नगरेको पाइएको गुप्ताले बताए । शिविरमा छात्राहरुलाई समूह समूहमा विभाजन गरेर महिनावारीको बिषयमा स्वास्थ्यकर्मीहरुले जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले हाम्रो समाजमा अहिले पनि महिनावारी, यौन प्रजनन् जस्ता बिषयहरु खुलेर बहस हुन नसकेकाले विभिन्न समस्या निम्तिएकाे बताए ।   यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख इन्दिरा कार्कीले विद्यार्थीहरुलाई विद्यालयमा पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले महिनावारी भएको समयमा सामुदायिक विद्यालयमा नै प्याड लगायतका आवश्यक सरसफाईका सामाग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गिरन् । कार्यक्रममा महिनावारी भएका छात्राहरुलाई प्याड वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्