झापाकी १९ वर्षीया भावनाकाे जडीबुटीमा रहस्यमय मृत्यु

झापाकी १९ वर्षीया भावनाकाे जडीबुटीमा  रहस्यमय  मृत्यु

काठमाडौँ, १५ मङ्सिर । जडीबुटी बस्ने झापाकी १९ वर्षीया भावना गुरूङको आज रहस्यमय ढङ्गबाट मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित टुसाल बस्ने सर्लाही जानकीनगरका सञ्जीव लोप्चनको कोठामा अचानक बेहोस भएकी भावनाको उपचारका लागि नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धनका लागि लोप्चनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

यसैबीच सोही वडाको सरस्वतीनगरमा बारा कलैयाका ४० वर्षीय प्रितम कुमारको इलेक्ट्रोनिक्स पसलबाट आज करीब रु दुई लाख बराबरको छ थान टिभी चोरी भएको छ । चोरीमा संलग्न रहेका व्यक्तिको खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्