काठमाडाैँ, १६ मङ्सिर। बलात्कार, महिला हिंसा लगायतका घटनामा दोषीमाथि कारबाही हुन नसकेको आवाज नागरिकस्तरबाट उठिरहँदा बलात्कारका घटनाको ‘ग्राफ’ थप वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षसम्म औसत दैनिक चारवटा बलात्कारका घटना हुने गरेकोमा चालु वर्षको पहिलो तीन महिनामा औसत ६ वटा घटना भएको प्रहरीको रेकर्ड देखिएको छ । बलात्कारसँगै जबर्जस्ती करणी उद्योग, अप्राकृतिक मैथुन लगायतका घटना पनि अगाडि बढेका छन् ।
संघीय संसद्को महिला तथा समाजिक समितिमा गृह मन्त्रालयले पेस गरेको लिखित प्रतिउत्तर अनुसार चालु वर्षको पहिलो तीन महिनामा ५९० वटा बलात्कारका घटना दर्ता भएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।