वनभोज खान गएको बस दुर्घटनामा, २ जनाको मृत्यु

<span class='c1'>वनभोज खान गएको बस </span> <span class='c2'>दुर्घटनामा, २ जनाको मृत्यु</span>

सुर्खेत, १६ मङ्सिर ।  वीरेन्द्रनगर नगरपालिका–१४ को कटकुवामा जनजागृति युवा क्लबको वनभोज खान गएको बस कपासेमा  दुर्घटनामा पर्दा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० जना घाइते भएका छन् भने तीमध्ये ९ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा मृत्यु हुनेमा लेकवेशी नगरपालिका–८ कुइनेपानी बस्ने ४० वर्षीया जानकी दर्लामी र सोही स्थानमा बस्ने २२ वर्षीया देउमाया वनकाटी रहेका छन् ।

रिजर्भमा लिएको मध्यपश्चिमाञ्चल बस व्यवसायी समितिको भे१ख ८४९ नम्बरको बस वनभोजबाट फर्किने क्रममा वीरेन्द्रनगरस्थित कपासे नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । उनका अनुसार घाइतेको सुर्खेतको देउती अस्पताल, माया अस्पताल र प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गम्भीर घाइते हुनेमा लेकबेसी–८ का सागर दर्लामी, दिलबहादुर मन्दिर, लालबहादुर अण्डाकी, टोपबहादुर दर्लामी, वीरबहादुर सोमै, अर्चन भुषाल, वीरबहादुर सिजाली, मनिसरा भुसाल र रमा नेपाली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्