लालीगुराँस नगरपालिका बसन्तपुरमा ‘चोलुङ मेला’ हुने

<span class='c1'>लालीगुराँस नगरपालिका बसन्तपुरमा</span> <span class='c2'>‘चोलुङ मेला’ हुने</span>

तेह्रथुम,१६ मङ्सिर । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुर बजारमा ‘चोलुङ मेला’ हुने भएको छ । बसन्तपुरमा निर्माण भएको लिम्बुहरुको ऐतिहासिक चोलुङ पार्क अर्थात सिद्धि स्थलमा यही मंसिर २४ गतेदेखि २६ गतेसम्म ‘चोलुङ मेला’ गर्न लागिएको हो ।लालीगुराँस नगरपालिकाको सहयोगमा नगरस्तरीय लिम्बु समाजको अगुवाईमा मेला सञ्चालन गर्न लागिएको हो ।

उधौली पर्वका अवसरमा आयोजित मेलाका अवसरमा च्याब्रुङ नाच, धान नाच, छेलो हान्ने, डोरी तान्नेलगायतका लिम्बु संस्कृतिसँग जोडिएका विभिन्न प्रतियोगितासमेत सञ्चालन गरिने आयोजक समितिका सचिव रविकिरण लिम्बुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्