एसिया प्यासिफिक सम्मेलनमा भागलिन प्रदेश १ बाट यी भिआइपी पुगे (फाेटाे सहित)

<span class='c1'>एसिया प्यासिफिक सम्मेलनमा  भागलिन प्रदेश १</span> <span class='c2'>बाट यी भिआइपी पुगे (फाेटाे सहित)</span>

विराटनगर, १६ मंसिर । प्यासिफिक एसिया सम्मेलनमा प्रदेश १ बाट कांग्रेस बाहेकका धेरै कम्युनिष्ट भिआईपी काठमाडौँमा लर्को लागेको छ । धर्म प्रचारकालागि गरिएको भनेर बिवादमा फसेको यो सम्मेलनका प्रदेश प्रमुख तथा मुख्यमन्त्री नै पुगे । प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राई, प्रदेश प्रमुख डा‍.गोबिन्द तुम्बाहाम्फे, प्रदेश सभामुख प्रदिप भण्डारी उप सभामुख सरस्वती पोखरेल सम्मेलनमा भाग लिन गएका थिए । मुख्यमन्त्री हिजै उद्घाटन कार्यक्रम पछि फर्किएको भनिएपनि अन्य सबै भिआईपी सम्मेलनमा भाग लिएका छन् ।
सामाजिक संजालमा समेत निक्कै विवादित बनेको बिषयमा प्रदेशका भिआईपी किन गए भन्ने बिषय थप चर्चामा आएको छ । प्रतिनिधिगत रुपमा जिल्लाबाट ४ जनासम्म सांसद भाग लिन गएका छन् । प्रदेश संसदहरु तेह्रथुमबाट लक्ष्मण तिवारी, संखुवासभाबाट तुलसी न्यौपाने, धनकुटाबाट कुसुम श्रेष्ठ, मोरङबाट राजकुमार ओझा र ज्ञानेश्वर राजबंशी सम्मेलनमा सहभागी छन् । त्यस्तै झापाबाट एकराज कार्की, श्रीप्रसाद मैनाली, जसमाया गजमेर र गोपाल चन्द्र बोढाथोकी गएका छन् ।यसैगरि एक नम्बर प्रदेशका बिभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखहरु पनि कार्यक्रममा सहभागि हुन गएका छन् । यो बाहेक राजनीतिक दलका पहुँचवाला नेताहरुको पनि सहभागि हुन पुगेका छन् । यसरी जानेमा अधिकांश नेकपाका सांसद तथा नेताहरु रहेका छन् । सम्मेलनको अध्यक्ष नै नेकपाका नेता माधवकुमार नेपाल भएकोले पनि नेकपाको मात्र बोलाईएको हुनसक्ने आशंका आम नागरिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्