विर्तामोड,१६ मङ्सिर । इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी जवान टेकराज पौडेलले आइतबार डोरीमा झुण्डिएर आत्महत्या गरेका छन्। संखुवासभाको खाँदबारी नगरपालिका ३ स्थायी घर भएका प्रहरी जवान दमक ७ स्थित डेरामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद ढकालले जानकारी दिए। पौडेल आइतबार विहान ६:१० बजे ड्युटी सकेर डेरातर्फ लागेका थिए।पौडेल किन आत्महत्या गरे भन्नेबारे खोजी भइरहेको प्रहरी उपरीक्षक ढकालले बताए।