काठमाडौं,१६ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य उपचारका लागि अस्पताल पुगेका छन्। आइतबार दिउँसो प्रचण्ड भैँसेपार्टीस्थित मडिसिटी अस्पताल पुगेका हुन् । उनको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा दाँत जाँच गर्दै गरेको देखिन्छ। उनले केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराएका थिए।