झापामा जैविक विषादी बनाउन किसानलाई ड्रम

<span class='c1'>झापामा जैविक विषादी</span> <span class='c2'>बनाउन किसानलाई ड्रम</span>

भद्रपुर, मङ्सिर १६ गते । अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रलाई रासायनिक विषादीबाट मुक्त गराउन अभियान थालेको छ ।

नगरको कृषि विकास शाखाले अभियानकै क्रममा अर्जुनधारा–९ स्थित प्रज्ज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध २८ परिवारलाई जैविक विषादी बनाउने ड्रम निःशुल्क उपलब्ध गराएको छ ।कृषिका लागि छुट्याइएको चालु बजेटबाट किसानलाई अग्र्यानिक खेतीतर्फ प्रोत्साहित गर्न अनुदानमा २०० र ३०० लिटर क्षमताका प्लाष्टिकका ड्रम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पङ्कज भूर्तेलले बताउनुभयो ।

रासायनिक मल र विषादीको विकल्पस्वरूप किसानलाई प्राङ्गारिक मल र जैविक विषादी बनाउन तालीम पनि दिइएको कृषि शाखाका प्रमुख शालिकराम भट्टराई बताउनुहुन्छ ।चालु आर्थिक वर्षमा उक्त शाखाले अग्र्यानिक कृषि उत्पादनको प्रचार गर्न गाउँ÷गाउँमा सडक नाटक प्रदर्शन गर्नाका साथै दुई स्थानमा आइपिएम पाठशाला सञ्चालन गरिरहेको छ ।शाखा प्रमुख भट्टराईका अनुसार अर्जुनधारा–६ को सरस्वती महिला कृषक समूह र अर्जुनधारा–८ को मामाभाञ्जा कृषि फार्ममा नगरपालिकाको सहयोगमा प्राङ्गारिक मल उत्पादन केन्द्र सञ्चालन गरिएको छ ।

केन्द्रबाट उत्पादित गड्यौला लगायत मल अन्य किसानले किनेर लैजाने गरेका छन् । धार्मिक पर्यटकीय आकर्षणका दृष्टिलेसमेत झापाको चर्चित यस नगरपालिकालाई हरित तथा अग्र्यानिक कृषि नगरको रुपमा विकास गर्न आफूहरु योजनाका साथ अघि बढिरहेको नगरप्रमुख हरि राना बताउनुहुन्छ ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्