सुनसरीको दुहबीमा ५१ अर्बको १० वर्षे महत्वकांक्षी योजना

<span class='c1'>सुनसरीको दुहबीमा ५१ अर्बको</span> <span class='c2'>१० वर्षे महत्वकांक्षी योजना</span>

दुहबी, १६ मंसिर । सुनसरीको दुहबीमा ५१ अर्बको १० वर्षे महत्वकांक्षी योजना अन्तर्गतको प्रस्तावित दुहवीको एकिकृत नगर विकास योजना तथा परिकल्पनाकालागि अनुमानित लागत सार्वजनिक गरिएको छ । जिआइजेड र निर्यसको सहकार्यमा दुहबी नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, बुद्धिजिवीहरु, समाजसेवी लगायतको उपस्थितिमा भएको कार्यक्रमलाइ निर्यसका टिम लिडर अजय चन्द्रलालले प्रस्तुत गरेका थिए । प्रस्तावित दुहबी नगर विकास योजनामा शहरी विकास योजनाको अवधारणा, योजनाको निर्देशक सिद्धान्त, योजना कार्यान्वयनको रणनिति, योजना कार्यान्वयनको संयन्त्र, भु–उपयोग, तुलनात्मक/प्रतिस्प्रधात्मक सम्भावनाको बारेमा प्रकास पारिएको थियो । यसैगरि शहरीकरण तथा बस्ती विकासकालागी एकिकृत शहरी विकास योजना तर्जुमाका सैद्धान्तिक आधारहरुको बारेमा निर्यसका अध्यक्ष जगदिश पोखरेलले प्रष्ट पारेका थिए ।

१० वर्षे शहरी विकास योजनाकालागि दुहवी नगरपालिकाका, जिआइजेड र निर्यसको सहकार्यमा ७ महिना लगाएर नगरको रुपरेखा (टाउन प्लानिङ) स्रोत र सम्भावनाको पहिचान गरेर १२ वटै वडामा गइ अवलोकनका साथै परिचयात्मक गोष्टी गरेर स्वच्छ आवास क्षेत्र, उद्योग र कृषिको अवधारणा बनाइएको छ । दुहबीलाइ स्मार्ट सिटी बनाउनकालागि रिङ रोड, लिंक रोड, स्मार्ट कोल्ड स्टोर, स्टेडियम, हरेक वडामा वाल उद्यान, बस स्टेण्ड, वडा केन्द्र लगायतको दिर्घकालिन परियोजनाको वारेमा वताइएको थियो ।

कार्यक्रममा सहभागीहरुले दुहबीमा रहेको अव्यवस्थित उद्योग मूख्य चुनौतीको रुपमा रहने बताएका छन । कार्यक्रमलाइ शहरी विकास मन्त्रालयका पूर्व सचिव सुरेश प्रकास आर्चायले सहजीकरण गरेका थिए । कार्यक्रमको दोश्रो सेसनमा दुहबी नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरुलाई क्षमता विकास सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्