‘१ नम्बर प्रदेशको र राजधानी नाम हिउँदे अधिवेशनले टुङ्ग्याउँछ’

‘१ नम्बर प्रदेशको र राजधानी नाम हिउँदे अधिवेशनले टुङ्ग्याउँछ’

खोटाङ, १७ मङ्सिर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको नाम र राजधानी हिउँदे अधिवेशनमार्फत टुङ्ग्याइने बताउनुभएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा खोटाङ आउनुभएका मन्त्री घिमिरेले आज पुष्पलाल स्मृति भवन दिक्तेलमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले केही समयपछि शुरु हुने हिउँदे अधिवेशनको शुरुमै प्रदेशको नाम र राजधानी टुङ्ग्याइने कार्यकर्तालाई आश्वस्त पार्नुभयो ।  “प्रदेशको नाम सगरमाथा, कोशी, किरात, लिम्बुवान जस्ता चर्चामा आएका छन् ।” उहाँले भन्नुभयो, “राजधानीका विषयमा पनि विराटनगर, धरान, इटहरी र गोठगाउँको नाम आइरहेको छ । हिउँदे अधिवेशनमा सके सर्वसहमतिमा नसके विधि र प्रकृयाबाट नाम र राजधानी टुङ्ग्याउने छौँ ।”

कार्यक्रममा  नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसांसद दुर्गाजयन्ती राईले सरकारले जनताको अपेक्षानुसार लोक कल्याणकारी काम गर्न नसकेको भन्दै पार्टीको ध्यानाकर्षण गराए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्