मोरङको ईटहरामा अनौठो सर्प भेटियो, सर्पलाइ मुखमै हाल्दा पनि केहि गरेन (भिडियो सहित)

मोरङको ईटहरामा अनौठो सर्प भेटियो, सर्पलाइ मुखमै हाल्दा पनि केहि गरेन (भिडियो सहित)

मोरङ (इटहरा)१७ मंसिर ।
मोरङको ईटहरामा अवस्थित गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार देखाएपछि हेर्ने र पुजा गर्नेको भिड लागेको छ । मन्दिर परिसरमा गत साता देखिएको सर्पले मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने लगायतको ब्यवहार देखाउन थालेपछि स्थानीयले नागदेवताको रुपमा पूजा गर्न थालेको स्थानीय एक्ले श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार आफूले सो सर्पलाई घाँटीमा माला लगाई घरमा लगी पुजा गरेर पुनः मन्दिर परिसरमा ल्याएको बताएका छन् ।
स्थानीयका अनुसार दर्शन दिनुहोस् प्रभु भनी ढोगेपछि नागले आफ्नो टाउको उठाएर दर्शन दिएको हो । त्यसपछि हिंडेर देखाई दिनुहोस् भनी अर्चना गरेपछि मन्दिर बरिपरि घुमेर पुनः मन्दिर परिसरमा रहेको पोखरी नजिक आएर बसेकोले आफुलाई अचम्म लागेको इटहरा सोमबारेका खगोल न्यौपानेले बताए । कतिपय युवाहरुले सर्पलाई खेलाउने र मुखमा हाल्ने समेत गरेको स्थानीय बताउँछन् ।
भिडियो यस्तो छ

https://www.youtube.com/watch?v=p0Oj3H1KBuY&feature=youtu.be

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्