अपांगता दिवस बिशेष : झाेराहाटका सरोजकाे हातखुट्टा चल्दैन- राम्ररी बाेल्दैनन्, पढाएको सुनेकै भरमा जान्दछन्

अपांगता दिवस बिशेष :  झाेराहाटका सरोजकाे हातखुट्टा चल्दैन- राम्ररी बाेल्दैनन्, पढाएको सुनेकै भरमा जान्दछन्

विराटनगर, १७ मंसिर । कक्षा ३ मा अध्यनरत सरोज सरदार एक यस्ता बालक हुन जो पर्ढाइमा निकै नै तेज छन् । उनको दैनिकी अरुको भन्दा फरक छ । तर उनको न हात चल्छ न खुट्टा नै । उनलाई हरेक दिन आफ्ना साथिहरुले झोराहाटमा रहेको रबी आधारभुत बिद्यालयमा ल्याएर छाड्छन् । उनि लेख्न पनि सक्दैनन्, न बोल्न नै सक्छन उनि सुनेकै भरमा परिक्षामा राम्रो अंक ल्याएर पास हुने गरेको बिद्यालयका प्रधानाध्यापक जितेन्द्र सरदारले बताए ।
उनी जन्मजात अपाङ्ग भएकोले उनलाई हिँडडुल गर्न त अप्ठेरो छ नै बिद्यालयमा ल्याउन समेत नसक्ने भएपछि उनका बुबाआमाले घर मै राखेका थिए । तर बिद्यालयले त्यस्तो भएको थाहा पाएपछि बिद्यालय ल्याएर भर्ना गरेको हो । जन्मजात अपाङ्ग उनले बोल्न र हाँसखेल गर्न त सक्दैनन् तर उनको उपचार पनि हुन नसक्ने उनको अभिभावक बताउँछन् ।
बिद्यालयका प्रधानाध्यापक सरदारले ति बालकको बैंक खाता पनि संचालनमा ल्याएका छन् । आर्थिक सहयोग गरे उसको पढाईमा सहयोग पुग्ने उनको भनाई छ । तर अहिलेसम्म सहयोगी मन भएका कोही पनि आएका छैनन् ।
यी बालकलाई केहि आर्थिक सहयोग र केहि लगाउँने लुगा र अन्य कुराहरुको सहयोग गर्ने निर्णय गरेको युवा पेरिस सुबेदीले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् । ग्रामस्थान गाउँपालिका वडा नम्बर २को रबी आधारभुत बिद्यालयमा पढ्ने उनको लागि आर्थिक सहयोग संकलनको काम थालिएको उनले बताएका छन् । प्रस्तुती :  सुमन सुस्केरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्