अमेरिकी डलरको भाउ घट्यो, १ सय ११ रुपैयाँ कायम

<span class='c1'>अमेरिकी डलरको भाउ घट्यो, १</span> <span class='c2'>सय ११ रुपैयाँ कायम</span>

काठमाडौं, १७ मंसिर । पछिल्लो एक महिना एक अमेरिकी डलरको भाउ ७ रुपैयाँले घटेको छ ।

कात्तिक १५ गते एक डलरको भाउ एक सय १८ रुपैयाँ रहेकोमा पछिल्ला दिनमा घटेर आज १ सय ११ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

डलरको मूल्यमा आएको गिरावटले नेपाल भित्रिने रेमिट्यान्स आयमा कमी आउँछ भने निर्यात व्यापारमा समेत घाटा देखिन्छ । तर समग्रमा हेर्दा डलरको मूल्यमा आएको गिरावटले नेपाललाई भने फाइदा नै देखिन्छ । आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य घट्दा नेपाललाई फाइदा हुन्छ ।

कुल आयातको २० प्रतिशत ओगट्ने पेट्रोलियम पदार्थ भित्र्याउन बढी डलर खर्चिनु नपर्ने हुँदा इन्धनको मूल्यसमेत सस्तो पर्न जान्छ । उद्योगी व्यवसायीले विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा समेत कमी आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्