झापाका बिक्रम माछा मार्न गएका थिए तर फर्केनन्

 झापाका बिक्रम माछा मार्न गएका थिए तर फर्केनन्

झापा, १७ मंसिर । झापामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका ६ निवासी २५ वर्षीय बिक्रम भुजेल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार सानो माई खोलामा माछा मार्न गएका भुजेलले नजिकैको बिजुलीको पोलबाट करेन्ट तानेर माछा मार्न खोज्दा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर उनको घटनास्थमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । यता, भुजेलको शव मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्