रंगेलीमा सरकारी जग्गामा बनाइएका पुराना घरहरू भत्काइए

रंगेलीमा सरकारी जग्गामा बनाइएका पुराना घरहरू भत्काइए

रंगेली मङ्सिर १७ ।

मोरङ जिल्लाको रंगेलीमा सरकारी जग्गामा बनाइएका पुराना घरहरू भत्काइएको छ । रंगेली बजारमा आइतबार डोजर प्रयोग गरि  सरकारी जमिनमा रहेका १० वटा घरसहित सार्वजनिक स्थलका रूखहरू समेत प्रहरीले हटाएको छ । 

रंगेली नगरपालिकाले ब्यवसायिक भवन, हाट र बसपार्क निर्माणका लागि सरकारी जमिन खाली गरिएको जनाएको छ । ५ महिना अघि घर खाली गर्न सूचना जारी गरिएको जनाउँदै रंगेली–७ का वडाध्यक्ष रामचन्द्र मण्डलले भौतिक पूर्वाधारका लागि जमिन खाली गराइएको जानकारी दिए । वडा कार्यालयले ३ बिघामा रहेका सो क्षेत्रमा हटिया, बस विसौनी र ब्यवसायिक सटर बनाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्