विराटनगरको बाल आश्रमका बालबलिकाको यस्तो प्रतिभा

विराटनगरको बाल आश्रमका बालबलिकाको यस्तो प्रतिभा

विराटनगर, १७ मंसिर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल बाल सेवा सदनका बालबालिकाले आफू भित्र भएका प्रतिभा देखाएका छन् । मञ्जिना मुभिज क्रिएशन र मिस नेवाः कोशीले आयोजना गरेको लिटिल च्याम्स प्रतियोगितामा बालबालिकाहरुले आफू भित्र लुकेको प्रतिभालाई अजागर गरेका हुन् ।
लिटिल च्याम्स प्रतियोगितामा बाल सेवा सदनमा भित्र रहेका २४ जना बालबालिकाले गीत, नृत्य तथा उनीहरूले आफु भित्र भएका प्रतिभा देखाएका थिए । प्रतियोगिता अन्र्तगत १४ बर्षिय अभिषेक राई लिटिल च्याम्सको उपाधि हात परे । उनले नेपाल चलचित्र ‘प्रेम गीत’ को म यस्तो गीत गाउछु... बोलको गीत गाएर निर्णक मण्डलको मन जितेका थिए । उनीहरुले सिल्ड तथा मेडलको साथमा प्रमाण पत्र प्राप्त गरे ।
कार्यक्रमको निर्णायकमा गायक तथा संगीतकार सुमन श्रेष्ठ, स्वेता तुलाधर रहेका थिए । कार्यक्रममा हास्यकलाकार पारस थापाले प्रस्तुती दिए ।
आयोजकले आश्रमकी अध्यक्ष सीता पोखरेललाई नगद ५ हजार ५ रुपैया प्रदान गरेको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाकी उप– प्रमुख इन्दिरा कार्कीले आश्रममा रहेका बालबालिकाहरूको प्रतिभा उजागर गर्न यस्तो प्रतियोगिताले अहम भुमिका निर्वाह गर्ने बताईन् । विजेताहरुलाई कार्यक्रमकी प्रमुख अतिथी ईन्दिरा कार्कीले पुरस्कार तथा मायाको चिनो प्रदान गरेकी थिईन् ।
उक्त कार्यक्रमलाई विराटनगर ९ मा रहेको विग होटलले सहयोग गरेको मन्जिला मुमिज क्रिएशनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए । यस्ता सामाजिक कार्यक्रमहरु आगामी दिनमा पनि निरन्तरता दिदै जाने ताम्राकारले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्