चाँडो हिउँदे अधिवेशन बोलाउन सरकारलाई प्रतिनिधिसभाका सभामुख महराकाे आग्रह

चाँडो हिउँदे अधिवेशन बोलाउन सरकारलाई  प्रतिनिधिसभाका सभामुख  महराकाे आग्रह

विराटनगर,१७ मंसिर । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संघीय सरकारले धेरै कानून बनाउन बाँकी रहेकाले चाँडो भन्दा चाँडो हिउँदे अधिवेशन बोलाउन सरकारलाई आग्रह गरेका छन् । सभामुख महराले ढिलोमा पुसको पहिलो साताभित्र हिउँदे अधिवेशन बोलाउन सरकारलाई आग्रह गरे ।विराटनगर विमानस्थलमा सोमबार स्थानीय संचारकर्मीसँगको कुराकानीमा सभामुख महराले भने, ‘२१ फागुनभित्र ३ सय बढी कानून निर्माण गर्नुपर्ने समयसीमा छ, त्यसका लागि जतिसक्दौ चाँडो सरकारले हिउँदे अबिधेशन आब्हान गर्नु जरुरी छ ।’

उनले हिउँदे अधिवेशन बोलाउने बिषयमा प्रधानमन्त्रीसंग पनि छलफल भइरहेको पनि जानकारी दिए । उनले संविधानत् २१ फागुन भित्रको एक वर्षको समयमा संघीय संसदले ३ सय बढी संविधानसंग बाझिएका कानूनहरुको परिमार्जन र संसोधन गर्नु पर्ने जानकारी दिए ।उनले गएको २१ फागुनमा संसद अबिधेशन सुरु भएकाले त्यसको एक वर्षभित्र संघीय संसादले ती कानून परिमार्जन र संसोधन गर्न अब तीन महिना मात्र बाँकी रहेको बताए । अनलाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्